PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

भन्सालीको नयाँ प्रोडक्सनमा एकसाथ सलमान र शाहरुख



पहिलोपोस्ट

भन्सालीको नयाँ प्रोडक्सनमा एकसाथ सलमान र शाहरुख

सलमान खान र शाहरुख खान पुन: एकसाथ पर्दामा देखिने भएका छन्। यी दुई बलिउड स्टार संजय लीला भन्सालीको प्रोजेक्टमा अनुबन्धित भएको खबर टाइम्स अफ इन्डियामा छ।

चिसिएको सम्बन्धका कारण चर्चामा रहेका यी दुई यसअघि फिल्म 'जिरो'को एक गीतमा सँगै देखिएका थिए। फिल्म 'हम तुम्हारे है सनम'मा भने दुवैको मुख्य भूमिका थियो।

भन्सालीको नयाँ फिल्ममा दुवैको महत्वपूर्ण र प्रमुख भूमिका रहने बताइएको छ। शाहरुखको जिरोपछि नयाँ फिल्म घोषणा भएको छैन भने सलमानको इद २०१९ रिलिज टार्गेट रहेको फिल्म 'भारत' छायांकनको अन्तिम चरणमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell