PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

नेपाली फुटबल टिमले दुई वटा मैत्रीपूर्ण खेल खेल्ने



पहिलोपोस्ट

नेपाली फुटबल टिमले दुई वटा मैत्रीपूर्ण खेल खेल्ने
FILE PHOTO

काठमाडौँ : नेपालको राष्ट्रिय फुटबल टिमले यही मार्च महिनामा दुईवटा मैत्रीपूर्ण खेल खेल्ने भएको छ। नेपालले कुवेत र मलेसियासंग खेल्ने भएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ।

एन्फाका अनुसार नेपालले मार्च २१ मा कुवेत र मार्च २६ मा मलेसियासंग खेल्ने छ। नेपालले कुवेतसंग खेल्न लागेको यो पाँचौ पटक हो भने मलेसियासंग सातौ पटक खेल्न लागेको हो। यस खेलको लागि नेपालका नवनियुक्त मुख्य प्रशिक्षक योहान कलिनले छिटै टिमको घोषण गर्ने एन्फाले जनाएको छ ।

'यो मेरो लागि पहिलो टास्क हो र यो दुई खेल मेरो र टिमको लागि महत्वपूर्ण अनुभव हुनेछ। अहिले यू-२३ का खेलाडी क्याम्पमा रहेकाले मेरो राष्ट्रिय टिममा केही नयाँ अनुहार हुनेछन्। हामी अहिले कहाँ छौँ भनेर यो हाम्रो लागि परिक्षा हुनेछ। हामी दुई कडा खेलको अपेक्षामा छौँ।' कलिनले भने।

स्वीडिस नागरिक कलिनलाई राष्ट्रिय टिम तयारीमा किरण श्रेष्ठले सघाउनेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell