PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

साफ महिला च्याम्पियनसिपको लागि नेपाली टोली घोषणा, अनु लामा अटाइनन्



पहिलोपोस्ट

साफ महिला च्याम्पियनसिपको लागि नेपाली टोली घोषणा, अनु लामा अटाइनन्
FILE PHOTO

काठमाडौँ : पूर्व कप्तान अनु लामालाई बाहिर राख्दै साफ महिला च्याम्पियनसिपको लागि नेपालको टोली घोषणा भएको छ। मुख्य प्रशिक्षक हरी खड्काले बिहीवार घोषणा गरेको टोलीमा अनुले स्थान बनाउन सकिनन्।

निरु खड्काको कप्तानीमा २० सदस्यीय टोली घोषणा हुँदा भारतमा भएको हिरो गोल्डकपको लागि टिममा रहेका अनु सहित विमला चौधरी र सुनिता चौधरी टिममा अटाउन सकेनन्।

घरेलु भूमिमै हुन लागेको साफ च्याम्पियनसिप खेल्दै सन्यास लिने अनुको योजना अधुरै रहने भएको छ।

यस्तै सिनियर टिममा यू-१९ राष्ट्रिय टिमका रेखा पौडेल, सरु लिम्बु, मञ्जली कुमारी योञ्जन, पुजा राना, उषा नाथ र अन्जना रानामगर छन्।

पहिलो पटक नेपालमा हुन लागेको साफ महिला च्याम्पियनसिपको पाँचौ संस्करण यही फागुन २८ गते विराटनगरको शहिद रंगशालामा सुरु हुँदैछ। प्रतियोगिताको उद्घाटन खेलमा आयोजक नेपालले भुटानसंग प्रतिस्पर्धा गर्नेछ।

 

२० सदस्यीय टिम :

गोलकिपर : एन्जिला तोम्बाप्पो सुब्वा, अन्जना राना मगर, उषा नाथ

डिफेन्डर : हिरा कुमारी भुजेल, गीता राना, पुनम जर्घा मगर, अमृता जैशी, कविता धिमाल, पुजा राना, मन माया लिम्बु

मिडफिल्डर : अनिता बस्नेत, दिपा राई, मन्जली कुमारी योञ्जन, शर्मिला थापा, सरु लिम्बु, रेनुका नगरकोटी, अनिता केसी

फरवार्ड : रेखा पौडेल, निरु थापा (कप्तान), सावित्रा भण्डारी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell