PahiloPost

Jul 18, 2025 | ३ साउन २०८२

ठेकेदारसँग घुस लिने इन्जिनियर गिरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर, १८ लाख ५० हजार बिगो दाबी



पहिलोपोस्ट

ठेकेदारसँग घुस लिने इन्जिनियर गिरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर, १८ लाख ५० हजार बिगो दाबी

काठमाडौँः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन जिल्ला प्राविधिक कार्यालय भोजपुरका सिनियर डिभिजनल इन्जिनियर लालु गिरीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। सडक आयोजनाको बिल भुक्तानीका लागि ठेकेदार कम्पनीसँग घुस लिएको अभियोगमा अख्तियारले बिहीबार गिरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो।

भोजपुर–टक्सार–कोट–गोगने–लेखर्क सडक स्तरोन्नतिको लागि पेस्की तथा रनिङ बिल भुक्तानीको लागि ठेकेदारसँग पटक–पटक रकम माग गरी १८ लाख ५० हजार घुस लिएको आरोप अख्तियारको छ।

अख्तियारको गिरी जिल्ला प्राविधिक कार्यालय प्रमुख हुँदा एमके तथा ईपी जेभीका प्रतिनिधिसँग रकम लिएको दाबी छ।

अख्तियारले घुस रकमको १८ लाख ५० हजार रुपैयाँलाई बिगो कायम गरेको छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell