PahiloPost

Dec 30, 2025 | १५ पुष २०८२

युरोपा लिग : चेल्सी र नेपोली विजयी, आर्सनल रेनेससँग पराजित



पहिलोपोस्ट

युरोपा लिग : चेल्सी र नेपोली विजयी, आर्सनल रेनेससँग पराजित

युरोपा लिगाका उपाधि दाबेदारहरु चेल्सी र नेपोली अन्तिम १६ को पहिलो लेगमा विजयी हुँदा अर्को दाबेदार आर्सनल भने पराजित भएको छ।

लण्डन क्लब चेल्सीले डाइनामो किभलाई ३-० ले पराजित गर्‍यो। चेल्सीका लागि पेड्रो, विलियन र कलुम हड्सन ओडोईले गोल गरे।

नेपोलीले पनि साल्जवर्गलाई ३-० ले नै हरायो। नेपोलीका लागि अर्काडिउस मिलिक, फावियन जेरोम ओनगेउनेले गोल गरे।

अर्को लण्डन क्लब आर्सनल भने फ्रेन्च क्लब रेनेससँग ३-१ ले पराजित भयो। आर्सनललले सुरुमै गोल गरेर अग्रता लिँदा पनि जीत  निकाल्न सकेन। यस्तै आर्सनलका एक खेलाडीले रातो कार्ड समेत पाए एक आत्मघाती गोल उपहार दिए।

१२औँ मिनेटमा एलेक्स इओवीले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए। ४१औँ मिनेटमा सोक्रेटसले रातो कार्ड पाएपछि आर्सनल दश खेलाडीमा झर्‍यो।

४२औँ मिनेटमा रेनेसका बेन्जनमिन बोरगेउडले बराबरी गोल फर्काए। ६५ आर्सनलका नाचोले आत्मघाती गोल गरेपछि रेनेसले २-१ को अग्रता बनायो। ८८औँ मिनेटमा इस्माइल सारले गोल गर्दै रेनेसलाई जित दिलाए।

अन्य खेलमा स्पानिस क्लब भ्यालेन्सिया र भियारियालले जित हात पार्दा सेभिया भने बराबरीमा रोकियो।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell