PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

सशस्त्रमा जागिरको अवसरः ३२ सय ९७ जनशक्तिका लागि दरखास्त आह्वान

सशस्त्रमा जागिरको अवसरः ३२ सय ९७ जनशक्तिका लागि दरखास्त आह्वान

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौँः सशस्त्र प्रहरीले एकैपटक तीन हजार २९७ जना जवानको नयाँ भर्ना प्रक्रिया अघि बढाएको छ। सशस्त्रले शुक्रवार सूचना प्रकाशित गर्दै दरखास्त आह्वान गरेको छ। खुला तथा समावेशी रूपमा पदपूर्ति हुनेछ।

पदपूर्तिको सूचना अनुसार खुलातर्फ एक हजार ७७७, महिला २९७, आदिवासी जनजाति ४७५, मधेसी ४१६, दलित २२२, पिछडिएको क्षेत्र ७४ र अमर अशक्त प्रहरीका सन्ततिका लागि ३६ कोटा निर्धारण गरिएको छ।

सूचना अनुसार चैत २५ गतेसम्म दरखास्त दिन सकिनेछ। वैशाख ३ गते सम्बन्धित कार्यालयहरूमा परीक्षा सञ्चालन हुनेछ।

कम्तीमा कक्षा ८ उत्तीर्ण गरेको १८ वर्ष पूरा भई २२ वर्ष ननाघेको व्यक्तिले आवेदन दिन सक्नेछन्।



ट्रेन्डिङ पोस्ट

Ncell