PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

हेलिकोप्टर दुर्घटनामा पर्यटनमन्त्रीको निधनपछि क्यानको नयाँ निर्णय, अब ६ जना मात्र चढ्न पाउने



पहिलोपोस्ट

हेलिकोप्टर दुर्घटनामा पर्यटनमन्त्रीको निधनपछि क्यानको नयाँ निर्णय, अब ६ जना मात्र चढ्न पाउने

काठमाडौँः ओभरलोडका कारण पर्यटनमन्त्री चढेको हेलिकोप्टर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानमा देखिएपछि नागरिक उड्डयन प्राधिकरणले नयाँ व्यवस्था गरेको छ।

प्राधिकरणको हवाई सेवा सुरक्षा विभागले अब हेलिकोप्टरमा बढीमा ६ जनामात्र बस्न पाउने व्यवस्था गरेको छ। यसअघि सात जनासम्म बस्न पाउने व्यवस्था थियो।

प्राधिकरणले १७ हजार फिटमा अवस्थित गोरक्षेपको हेलिप्याड फेरि बन्द गर्ने भएको छ। त्यहाँ भुमरी चल्ने, प्राय मौसम बिग्रिरहने भएकाले बन्द गर्ने निर्णयसमेत गरेको छ।

यसै गरी हेलिकोप्टरहरुको नियमित परीक्षण गर्नका लागि अन्तर्राष्ट्रिय अडिट टोली झिकाइने निर्णयसमेत भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell