PahiloPost

Jul 18, 2025 | ३ साउन २०८२

खुला राजनीतिमा आउने घोषणा गर्दै सीके राउत, के हुन्छ अबको राजनीतिक यात्रा?



पहिलोपोस्ट

खुला राजनीतिमा आउने घोषणा गर्दै सीके राउत, के हुन्छ अबको राजनीतिक यात्रा?

काठमाडौँः स्वतन्त्र मधेशको अभियान चलाइरहेका डा. सीके राउतले खुला राजनीतिमा आउने घोषणा गर्दैछन्। सर्वोच्चको आदेशबाट बिहीबारमात्र थुनामुक्त भएका राउतले आफूले नेतृत्व गरेको स्वतन्त्र मधेश गठबन्धनलाई राजनीतिक दलको स्वरुप दिएर खुला राजनीतिमा आउन लागेका हुन्।

आफ्नो पृथकतावादी अभियान त्याग गरेको घोषणा राउतले गर्न लागेका हुन्।

राष्ट्रियसभा गृहमा शुक्रबार दिउँसो १ बजे विशेष कार्यक्रममा राउतले उक्त घोषणा गर्न लागेको उनी निकट स्रोतले बताएको छ। गठबन्धन भंग गरेर नयाँ पार्टीको नाम के राख्ने भन्ने विषयमा परामर्श जारी रहेको स्रोतले बतायो।

आजै राष्ट्रियसभा गृहबाटै प्रधानमन्त्री केपी शर्मा ओलीले पनि विशेष सम्बोधन गर्दैछन्। प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले प्रधानमन्त्रीले समसामयिक विषयमा विशेष सम्बोधन गर्ने जनाएका छन्।

नेकपा निकट स्रोतले भने राउतले पृथकतावादी गतिविधि परित्यागको घोषणासँगै पार्टी प्रवेशको समेत दाबी गरेका छन्। तर, राउत निकट स्रोतले भने छुट्टै नयाँ दल गठनको तयारी भइरहेको जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell