PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

फेलाइनीद्वारा सन्यासको घोषणा



पहिलोपोस्ट

फेलाइनीद्वारा सन्यासको घोषणा

बेल्जियम खेलाडी माराउने फेलाइनीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषण गरेका छन्।

प्रिमियर लिग क्लब एभरटन र म्यानचेष्टर युनाइटेडका पूर्ष खेलाडी समेत रहेका ३१ वर्षीय बेल्जियन खेलाडी फेलाइनीले बेल्जियमका लागि १२ वर्ष खेलेपछि सन्यास लिएका हुन्।

उनले बेल्जियमका लागि ८७ क्याप जितेका छन्। यस्तै दुई पटक विश्वकप खेलेका फेलेइनीले २०१८ मा बेल्जियमलाई तेस्रो बताउन पनि महत्वपूर्ण भूमिका खेलेका थिए।

'बेल्जियमको लागि खेल्दा म सँगे धेरै राम्रो अनुभवहरु छ र म एकदमै खुशी छु कि बेल्जियम फिफा वरीयतामा पहिलो स्थानमा छ।' उनले भने। 'मलाई सन्यास लिने यो नै सहि समय जस्तो लाग्यो र नयाँ खेलाडीहरुको लागि स्थान दिने अवसर पनि हो।'

हाल चाइनिज सुपर लिग क्लब शानदोङ लुनेङबाट खेलिरहेका फेलाइनीले गत महिला लिगको डेब्युमै गोल गरेका थिए।

मोरोक्कोका लागि समेत खेल्न योग्य फेलाइनीले सन् २००७ मा अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेका थिए र उनले १८ गोल समेत गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell