PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

राष्ट्रिय सभागृहमा सुरक्षा पारियो कडा, प्रम र सीके राउत एउटै मञ्चमा



पहिलोपोस्ट

राष्ट्रिय सभागृहमा सुरक्षा पारियो कडा, प्रम र सीके राउत एउटै मञ्चमा

काठमाडौँ : केही बेरमा राष्ट्रिय सभा गृहमा हुने विशेष कार्यक्रमलाई लिएर सुरक्षा व्यवस्था कडा पारिएको छ। 

राष्ट्रिय सभा गृहमा शुक्रवार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओली र स्वतन्त्र मधेसको अभियान चलाइरहेका डा. सीके राउतले विशेष सम्बोधन गर्ने कार्यक्रम छ।

कार्यक्रममा सहभागीहरूको जाँच पनि कडा गरिएको छ। सभागृहको मूल गेटमा र सभा हल प्रवेश गर्ने दुवै ठाउँमा चेकिङको व्यवस्था मिलाइएको छ।

सभागृह बाहिर पनि सुरक्षाकर्मीको बाक्लो उपस्थित छ। हिजोमात्रै सर्वोच्च अदालतको आदेशमा स्वतन्त्र मधेस गठबन्धनका संयोजक डाक्टर सीके राउत रिहा भएका थिए। नेकपा निकट स्रोतले भने राउतले पृथकतावादी गतिविधि परित्यागेको घोषणासँगै पार्टी प्रवेशको समेत दाबी गरेका छन्। तर, राउत निकट स्रोतले भने छुट्टै नयाँ दल गठनको तयारी भइरहेको जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell