PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

प्रधानमन्त्रीले प्रचण्डसँग सीके राउतको तुलना गर्दै गरे प्रशंसा



पहिलोपोस्ट

प्रधानमन्त्रीले प्रचण्डसँग सीके राउतको तुलना गर्दै गरे प्रशंसा

काठमाडौँ : प्रधानमन्त्री केपी ओलीले स्वतन्त्र मधेश गठबन्धनका नेता सीके राउतलाई नेकपा अध्यक्ष प्रचण्डसँग तुलना गर्दै प्रशंसा गरेका छन्। 

गठबन्धनसँग राजनीतिक सहमतिको घोषणा कार्यक्रममा राउतको सम्बोधन लगत्तै सम्बोधन गरेका प्रधानमन्त्रीले सिके राउतको असाधारण निर्णय क्षमता भएको र यस्तो क्षमता प्रचण्डमा मात्र देखेको भन्दै प्रशंसा गरेका हुन्। 

प्रधानमन्त्रीले राउतलाई वेल एडुकेटेड, इन्जिनीयर, साइन्टिस्ट रहेको भन्दै बाटो बिराउँदा बिराउँदै बिग्रिने हो कि भन्ने आफूलाई पनि अलिकति
डर भएको बताए। 

'तर खुसी लाग्यो टेक्नोक्रयाट मात्र हैन एउटा थिङ्कर पनि हो सीके राउत', उनले प्रशंसा गर्दै भने। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell