PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

सीके राउतमा प्रचण्डमा जस्तै असाधारण निर्णय क्षमता : प्रम ओली



पहिलोपोस्ट

सीके राउतमा प्रचण्डमा जस्तै असाधारण निर्णय क्षमता : प्रम ओली

काठमाडौं : स्वतन्त्र मधेश गठबन्धनका संयोजक सीके राउतलाई प्रधानमन्त्री केपी शर्मा ओलीले प्रशंसा गर्दै वेल एजुकेटेड र थिङ्क ट्याङ्क रहेको बताएका छन्।

राजनीतिक सहमति घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले राउतमा असाधारण निर्णय क्षमता देखेको बताए। त्यस्तै असाधारण क्षमता प्रचण्डमा पनि देखेको प्रधानमन्त्रीको भनाइ थियो। 'उहाँमा मैले असाधारण निर्णय क्षमता देखेँ। पहिले प्रचण्डमा देखेथे यस्तै,' उनले भने।
उनले पृथकतावादी राजनीति भनिरहेको स्मरण गर्दै राष्ट्रिय एकताको राजनीतिमा स्वागत गरे।  

'सीके राउत वेल इजुकेटेड मान्छे। बाटो भुलेर बिग्रेला कि भन्ने डर'थ्यो। त्यस्तो भएन,' उनले भने, 'टेक्नोक्रेटमात्र हैन थिंक ट्याङ् पनि हो राउत।'
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell