PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

सीके राउतलाई मूलधारमा ल्याएर राजपालाई प्रमले सुनाए हिन्दी उखान- खिसियानी बिल्ली खंभा नोचे



पहिलोपोस्ट

सीके राउतलाई मूलधारमा ल्याएर राजपालाई प्रमले सुनाए हिन्दी उखान- खिसियानी बिल्ली खंभा नोचे

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले पृथकतावादीको आरोप लागिरहेका सीके राउतलाई राजनीतिको मूलधारमा ल्याउने गरी भएको राजनीतिक सहमतिको घोषणा कार्यक्रममा मधेशकेन्द्रित दल राष्ट्रिय जनता पार्टी (राजपा) को नाम नलिई प्रहार गरे। 

उनले राजपा नेताहरुलाई हिन्दीमा उखान सुनाए- खिसियानी बिल्ली खंभा नोचे। सोधे, अदालतले फैसला गर्‍यो चिथोर्ने सरकारलाई? 

उनले भने, 'सरकारले अदालतलाई निर्देशन दिन सक्दैन। अदालतले कानुनसम्मत ढंगले हेर्ने हो।'

प्रधानमन्त्रीले राजपाको नाम नलिई एउटा राजनीतिक पार्टीले बहुत मेहनत गरेर त्यान्द्रात्यान्द्री बटुलेर सहमति फिर्ता लिने घोषणा गरेको भन्दै असन्तुष्टि जनाए।

टीकापुर घटनाका मुख्य योजनाकारको आरोप लागेका आफ्ना सांसद रेशम चौधरीलाई अदालतले जन्मकैदको सजाय सुनाएपछि राजपाले सरकारप्रतिको समर्थन फिर्ता लिएको थियो।  

'म कसैलाई आवेश उत्तेजनामा नआउन आग्रह गर्छु,' उनले भने, 'पृथकतावादीलाई छोड्ने हामीलाई थुन्ने भन्थे उहाँहरु। 
त्यो पनि अहिले खिस्रिक्क भयो। देश टुक्राउने भन्ने कुरा पनि सकियो।'

उनले भने, 'सीके राउत देखाएर तराईमा स्वार्थका रोटी सेक्ने धेरै थिए, तिनका रोटी काँचै हुने भए।'


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell