PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

आइसिएन र मेरो क्रोप्ससँग एन्फाको सम्झौता



पहिलोपोस्ट

आइसिएन र मेरो क्रोप्ससँग एन्फाको सम्झौता
PHOTO : ANFA

काठमाडौँ : खेलाडी दर्ता र अप्लिकेसन सफ्टवेयर सिस्टमको व्यवस्थापनको लागि अखिल नेपाल फुटबल संघ एन्फाले शुक्रवार इम्प्रुभेम्नट कम्पनी नेपाल (आइसिएन) र मेरी क्रोप्ससँग सम्झौता गरेको छ।

एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा, आइसिएन सिइओ रुपेश श्रेष्ठ र मेरी क्रोप्स्को कन्ट्री डिरेक्टर सन्जय धोज कार्कीले सम्झौता पत्रमा हस्ताक्षर गरे।

सम्झौता अनुसार आइसिएनले खेलाडी, प्रशिक्षक, रेफ्री, प्रतियोगिताहरुको दर्ताको लागि सफ्टवेयर निर्माण गर्नेछ।

यस्तै मेरी क्रोप्सले नेपाली फुटबलको विकासको लागि प्रोजेक्ट लागु गर्न सहयोग गर्नेछ।

सम्झौता अवधी चार वर्षको लागि हुने एन्फाले जनाएको छ। यस्तै एन्फाको अनुसार सफ्टवेयर बनाउन १० लाख रकम लाग्नेछ।

एन्फा अध्यक्ष शेर्पाले नेपाली फुटबल विकासको लागि दुई कम्पतीसँग सहकार्य गर्न पाउदा खुशी लागेको बताएका छन्। फुटबलको अलराउण्ड विकासको लागि यो एउटा स्६फ रहेको उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell