PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

महिला दिवसको अवसरमा चार सामाजिक अभियन्तालाई माइती नेपालको सम्मान

महिला दिवसको अवसरमा चार सामाजिक अभियन्तालाई माइती नेपालको सम्मान

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौँ : १०९औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा माइती नेपालले चार जना सामाजिक अभियन्तालाई सम्मान गरेको छ।

मानव बेचबिखन र लैङ्गिक हिंसाबाट प्रभावित भई हित क्षेत्रमा अतुलनिय योगदान गरेको भन्दै शुक्रवार माइती नेपालले सीता लोहनी, रत्ना सुनार, चनुमति बानिया र मिना गिरीलाई सम्मान गरेको हो।

'समान सोच र व्यवहार, समृद्धिको आधार' भन्ने राष्ट्रिय नारासहित माइती नेपालमा कार्यक्रमम आयोजना गर्दा  नेपाली चलचित्रकी पहिलो नायिका भुवन थापा चन्दले चार अभियन्तालाई कदरपत्र प्रदान गरिन्।

महिला दिवसको अवसरमा माइती नेपालले हरेक वर्ष विभिन्न खालको रचनात्मक कार्यहरु आयोजना गर्दै आएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell