PahiloPost

Jul 17, 2025 | २ साउन २०८२

वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्षको घरमा विस्फोट

वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्षको घरमा विस्फोट

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौँ : वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको काठमाडौँको बसुन्धारास्थित घरमा शुक्रबार राति विस्फोट भएको छ।

प्रहरीले गुरुङको घरमा सिलिन्डर विस्फोट भएको बताएको छ। महानगरीय प्रहरी कार्यालयका एसएसपी श्याम ज्ञवालीले  सिलिन्डर विस्फोट भएको बताए।

'पहिले बम विस्फोट भन्ने जानकारी आयो। तर सिलिन्डर रहेछ', उनले भने।  

विस्फोटको कारण गुरुङको पार्किङ गरेर राखिएको कार पूर्ण रुपमा क्षति भएको छ।

स्थानीयबासीले भने सुरुमा ठूलो पड्किएको आवाज आएको बताएका छन्। विस्फोटसँगै त्यहाँ आगलागी पनि भएको थियो।

बम विस्फोटपछि भएको आगलागीमा सिलिन्डर विस्फोट भएको हो कि सुरुमै सिलिन्डर विस्फोट भएर आगो लागेको हो भन्ने प्रष्ट भएको छैन। 

भिडियो सौजन्य : रोशन अधिकारी



ट्रेन्डिङ पोस्ट

Ncell