PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्षको घरमा विस्फोट, बम हो कि हैन सेनाले अनुसन्धान गर्दै

वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्षको घरमा विस्फोट, बम हो कि हैन सेनाले अनुसन्धान गर्दै

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौँ : वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको काठमाडौँको बसुन्धारास्थित घरमा शुक्रबार राति भएको विस्फोट बम हो कि हैन भन्ने विषयमा अनुसन्धान भइरहेको छ। 

बम विस्फोट भएको हो कि सिलिन्डर ग्यास पड्किएको थाहा पाउन प्रहरीले नेपाली सेनाको विज्ञ टोली बोलाएको छ। 

एसएसपी श्याम ज्ञवालीले भने, 'सेनाको टोलीले अनुसन्धान गरिरहेको छ। सिलिन्डर पड्किएको भेटिएन।'

उनका अनुसार बम भएको पुष्टि हुन पनि बाँकी छ। सेनाको अनुसन्धान जारी छ। 

विस्फोट लगत्तै आगो लागेको थियो। आगोका कारण गुरुङको पार्किङ गरी राखेको कार पूर्ण रुपमा क्षति भएको छ।

भिडियो सौजन्य : रोशन अधिकारी



ट्रेन्डिङ पोस्ट

Ncell