PahiloPost

Jul 17, 2025 | २ साउन २०८२

प्रारम्भिक अनुसन्धानले देखायो बसुन्धारामा बम पड्किएको



पहिलोपोस्ट

प्रारम्भिक अनुसन्धानले देखायो बसुन्धारामा बम पड्किएको

काठमाडौँ : वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको काठमाडौँको बसुन्धारास्थित घरमा शुक्रबार राति भएको बम विस्फोट भएको नेपाली सेनाको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

बम विस्फोट भएको हो कि सिलिन्डर ग्यास पड्किएको थाहा पाउन प्रहरीले नेपाली सेनाको विज्ञ टोली बोलाएको थियो।

'विस्फोटनको प्रकृति हेर्दा बम नै भएको देखिन्छ। थप परीक्षणको लागि ल्याबमा पठाएका छौं,' महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी वसन्त लामाले बताए।

विस्फोट लगत्तै आगो लागेको थियो। आगोका कारण गुरुङको पार्किङ गरी राखेको कार पूर्ण रुपमा क्षति भएको छ। प्रहरीले घटनाको अनुसन्धान शुरु गरेको छ। घटनास्थल वरपरको सिसी क्यामरा फुटेज प्रहरीले मगाएको छ।

बम भए कसले  र किन राखेको खुलेको छैन। शुक्रबार नै प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव समूहलाई नेकपाको नाम हटाएर लुटेरा समूह नाम राख्नुपर्ने भन्दै तीखो आलोचना गरेका थिए। जसको जवाफ विप्लवले आन्दोलनका कार्यक्रम घोषणा गर्दै सरकारलाई सामाजिक दलाल पुँजीवादीको आरोप लगाइएको थियो। 

भिडियो सौजन्य : रोशन अधिकारी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell