
रौतहट : ने क पा प्रदेश २ कमिटीको आयोजनामा आज रौतहटको गरुडामा हुने आमसभामा प्रधानमन्त्री एवं ने क पाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्दैछन्।
जेठ ३ गते एमाले र माओवादी केन्द्र बीच एकतापछि यो सभा पहिलो पटक हुन लागेको हो।
जनसभाको तयारी लगभग सकिसकेको ने क पाका २ नं प्रदेश अध्यक्ष प्रभु साहले जानकारी दिए।
प्रधानमन्त्री र पूर्व प्रधानमन्त्री आउने भएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ। कार्यक्रम स्थलमा तायारीका लागि काठमाडौबाट सुरक्षाकर्मीको टोली रौतहट आइपुगेको छ। टोलीको निगरानीमा मञ्च निर्माण भइरहेको छ।
सुरक्षाका लागि सिसी क्यामेरा जडान गरिएका छन्।
दुई नम्बर प्रदेशको गढ बनाउने भन्दै प्रदेश अध्यक्ष साहले विकासमा पछि परेको प्रदेशलाई प्राथमिकता सरकारले राखेको बताए। प्रधानमन्त्रीलाई आपतकालमा संरक्षण गरेको क्षेत्र हो रौतहट। प्रधानमन्त्रीले विशेष सम्बोधन गर्नुहुनेछ, साहले भने।