काठमाडौँ: नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पृथकतावादी आन्दोलनमा लागेका सीके राउतसँग सरकारले अपारदर्शी रूपमा सम्झौता गरेको बताएका छन्।
शनिवार राजधानीमा आयोजित कार्यक्रममा सञ्चारकर्मीहरू सँग कुरा गर्दै नेता सिंहले काँग्रेस नेतृत्वमा जारी भएको संविधान मान्छु भनेर राउत आउनु राम्रो भएको बताए। सम्झौताबारे संसदमा रहेका दलहरूलाई गुपचुप राखिएकोमा सिंहले असन्तुष्टि व्यक्त गरे। शुक्रवार सीके राउतसँग भएको सम्झौतालाई लिएर नेकपाभित्रै मतभेद देखिएको भन्दै नेता सिंहले सहमतिको बारेमा भविष्यमा गतिविधि हेरेर मात्र भन्न सकिने बताए ।
नेता सिंहले सम्झौतामा उल्लेख भाषा त्रुटिपूर्ण रहेको भन्दै ने क पा भित्रै विवाद सुरु भएको बताए। सम्झौता गर्दा संसदका दलहरूलाई थाहै नदिनुले केही शङ्का भने उत्पन्न भएको उनको भनाइ थियो।