PahiloPost

Sep 22, 2026 | ६ असोज २०८३

सीके राउतको प्रशिक्षण काठमाडौंदेखि विदेशसम्म



बीपी साह

सीके राउतको प्रशिक्षण काठमाडौंदेखि विदेशसम्म

काठमाडौं: नेपाल सरकारसँग ११ बुँदे सहमति गरेर राजनीतिमा नयाँ तरंग पैदा गरेका स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा.सीके राउतको प्रशिक्षण काठमाडौंदेखि विदेशसम्म सम्पन्न भएको छ।

सरकारले जनमत संग्रह स्वीकार गरेको दाबी गरेका डा.राउतको प्रशिक्षण हिजो राति काठमाडौंमा भयो। राष्ट्रिय सभागृहको कार्यक्रम सकेलगतै राउत प्रशिक्षण कार्यक्रममा टेकुको एक होटलमा पुगेका थिए।
 
विभिन्न जिल्लाबाट आएका मुख्य–मुख्य नेता तथा कार्यकर्तालाई सम्बोधन गर्दै राउतले आफूहरुको जीत भएको बताए। र, नेता तथा कार्यकर्ताहरुलाई महात्मा गान्धीको कांग्रेस अध्यक्ष बन्नुको कारणका विषयमा पढ्न सुझाव दिए।

गएराति नै विभिन्न देशमा रहेको डा.राउतको संगठनहरुमा प्रशिक्षण भएको छ। प्रशिक्षण कार्यक्रममा राजनीतिक उपलब्धि र ११ बुँदे सम्झौता पत्रबारे पनि छलफल भएको जनाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell