
रौतहट: नेपाल कम्युनिस्ट पार्टी(ने क पा)का वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधव नेपालले दुई पार्टी मिलेर बनेको नेकपालाई टक्कर दिने कुनै पार्टी नभएको दाबी गरेका छन्।
आज रौतहटको गरुडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले देश बचाउने पार्टीसमेत ने क पा भएको बताए।
नेपालले भने, 'परिवर्तनको सबै आन्दोलनको नेतृत्व कम्युनिस्ट पार्टीले गरेको हो। अरु पार्टी देश लुट्ने पार्टी हुन्। देश बचाउने पार्टी नेकपा हो।'
ने क पा गरिबको सहारा भएको दाबी गर्दै नेपालले हिन्दु मुस्लिमबीचको सद्भावसमेत यही पार्टीमा भएको बताए।
उनले केन्द्रमा कम्युनिस्ट सरकार रहेको र जनताको हितका लागि चीन र भारतबाट रेल जोड्न लागिरहेको उल्लेख गरे।