PahiloPost

Jul 17, 2025 | २ साउन २०८२

स्टुडियोमा गएर कोही बन्न सकेका छैनन् करोडपति, तर घर बसेरै लखपति बने यी १० जना



पहिलोपोस्ट

स्टुडियोमा गएर कोही बन्न सकेका छैनन् करोडपति, तर घर बसेरै लखपति बने यी १० जना

हु वान्टस टु बी मिलिनेयरको फ्रेन्चाइज शोका रुपमा राजेश हमाल होस्ट गरिरहेको को बन्छ करोडपतिको पहिलो सिजनका हालसम्म प्रसारण भएका कार्यक्रममा कसैले पनि एक करोड जित्न सकेका छैनन्। 

कार्यक्रममा सहभागी हुन पहिले एसएमएस रजिष्ट्रेसन, त्यसपछि अडिसन पार गरेर स्टुडियोमा फास्टेस्ट फिंगरपछि बल्ल हट सिटसम्म बस्न पाइन्छ। 

त्यसैले सबै चाहेर पनि यसमा सहभागी हुने मौका पाँउदैनन्। त्यसका लागि घरमै बसेर एक जना लखपति हुने अवसर पनि छ। अहिलेसम्म १३ एपिसोड प्रसारण भएकोमा १० एपिसोडमा १० जना लखपतिहरु घोषणा भैसकेका छन्।

पहिलो एपिसोडमा बुटवलका विनोद भुसाल लखपति घोषित भए। एसएमएस या फोनबाट सही जवाफ पठाउने कयौँ सहभागी दर्शकहरु मध्ये कम्प्युटर प्रणालीबाट उनी लखपति छानिए। यस्तै दोस्रो एपिसोडमा लखपति हुने अवसर पाइन् काठमाडौँकी रमा रेग्मी घिमिरेले। 

दाङका मधुसुदन न्यौपानेले तेस्रो एपिसोडमा लखपति हुने मौका पाए। होस्ट राजेश हमालले सेटमै उनलाई एक लाखको चेक हस्तान्तरण गरे। चौथो एपिसोडमा भने धादिङकी कृति इटानेले एक लाख जितिन्। 

पाँचौ एपिसोडमा पोखराकी पार्वति पुरी गिरी पनि घर बसेरै लखपति भइन्। छैटौँ एपिसोडमा लखपति भएका सर्लाहीका रामप्राद पाण्डे मख्ख छन्।  

सातौँमा उदयपुरकी पुस्ता मगर  र आठौँमा बर्दियाका लालबहादुर चौधरी लखपति भए। एपिसोड ९ मा बाराकी सुनिता भण्डारी र १० मा बाग्लुङका मुस्कान आचार्य। 

को बन्छ करोडपतिको पहिलो सिजनमा ५२ एपिसोड प्रसारण गर्ने तयारी छ।  घर बसेर लखपति अन्तर्गत साताको तीन दिन चल्ने हरेक एपिसोडमा घर बसेरै दर्शकहरु मध्ये एक जना लखपति बन्न सक्नेछन्। हरेक एपिसोडमा एक प्रश्न सोधिनेछ जसको जवाफ एसएमएस र मोबाइल एपबाट पठाउन सकिन्छ। 

नतिजा अर्को साताको त्यही बारको एपिसोडमा घोषणा हुनेछ। एसएमएस गर्ने अन्तिम मिति त्यही बारको अर्को एपिसोड चल्ने दिनको दिउँसो २ बजेसम्म मात्र हुनेछ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell