PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

नेपाल र मलेसियाबीच तय भएको मैत्रीपूर्ण फुटबल खेल स्थगित



पहिलोपोस्ट

नेपाल र मलेसियाबीच तय भएको मैत्रीपूर्ण फुटबल खेल स्थगित

काठमाडौं : नेपाल र मलेसियाको राष्ट्रिय पुरुष फुटबल टिमबीच तय भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल स्थगित भएको छ।

फिफाले यस खेलको लागि मलेसियालाई अनुमति नदिएपछि खेल स्थगित गर्नुपरेको हो। यसबारे मलेसियन फुटबल संघले अखिल नेपाल फुटबल संघ एन्फालाई पत्र लेख्दै खेल स्थगित गरिएको जानकारी दिएको छ।

नेपाल र मलेसियाबीच यही मार्च २६ मा मलेसियामा खेल हुने तय भएको थियो। मलेसियाले मार्च महिनामा दुई खेल खेलिसकेकोले नेपालसँगको खेलको लागि फिफाले अनुमति नदिएकोले खेल तोकिएको समयमा नहुने भएको हो।

खेल स्थगित गरिएको बारे मेलसियन फुटबल संघले एन्फालाई लेखेको पत्र यस्तो छ:

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell