PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

बसुन्धारा बम विस्फोटको जिम्मा विप्लवको युवा संगठनले लियो



पहिलोपोस्ट

बसुन्धारा बम विस्फोटको जिम्मा विप्लवको युवा संगठनले लियो

काठमाडौँ : वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको काठमाडौँको बसुन्धारास्थित घरमा शुक्रबार राति भएको बम विस्फोटको जिम्मा नेत्रविक्रम चन्द विप्लव समूहको युवा संगठनले लिएको छ। 

युवा संगठन नेपाल मध्य केन्द्रीय कमाण्डका केन्द्रीय सचिव शिशिरले शनिबार विज्ञप्ति जारी गर्दै आफ्नो कमाण्डले कारबाही गरेको जिम्मा लिँदै अझ बढी सशस्त्र कारबाही गर्न सक्ने चेतावनी पनि दिएको छ। 

शुक्रबार गुरुङको घरमा विस्फोट लगत्तै आगो लागेको थियो। आगोका कारण गुरुङको पार्किङ गरी राखेको कार पूर्ण रुपमा क्षति भएको छ। घटनामा दुई जना घाइते पनि भएका छन्। 

प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव समूहलाई नेकपाको नाम हटाएर लुटेरा समूह नाम राख्नुपर्ने भन्दै तीखो आलोचना गरेकै दिन बम विस्फोट गराइएको हो। 

यसअघि गत फागुन १० गते शुक्रबार ललितपुरको नख्खुस्थित एनसेल कार्यालय बाहिर भएको विस्फोटमा एक जनाको मृत्यु भएको थियो भने दुई जना घाइते भएका थिए। यसको जिम्मा पनि विप्लव समूहले लिइसकेको छ। 

भिडियो सौजन्य : रोशन अधिकारी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell