PahiloPost

Jul 17, 2025 | २ साउन २०८२

प्रिमियर लिग : रहिम स्टर्लिङको ह्याट्रिकमा सिटीको सहज जित, अग्रता जोगाउन नसक्दा टोटनहम साउथह्याम्पटनसँग पराजित



पहिलोपोस्ट

प्रिमियर लिग : रहिम स्टर्लिङको ह्याट्रिकमा सिटीको सहज जित, अग्रता जोगाउन नसक्दा टोटनहम साउथह्याम्पटनसँग पराजित

रहिम स्टर्लिङले शानदार ह्याट्रिक गरेपछि म्यानचेष्टर सिटीले प्रिमियर लिगमा वाटफोर्डमाथि सहज जित हात पारेको छ। स्टर्लिङले १४ मिनेट अन्तरमा ह्याट्रिक पूरा गर्दा सिटीले वाटफोर्डलाई ३-१ ले पराजित गर्दै शीर्ष स्थानमा ४ अंकको अग्रता कायम गरेको छ।

घरेलु मैदान एतिहासड स्टेडियममा भएको खेलमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। तर दोस्रो हाफको पहिलो मिनेटमै गोल गरेका स्टर्लिङले ५०औँ र ५९औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरे।

वाटफोर्डका लागि जेरार्ड डेउफेलेएले ६६औँ मिनेटमा एक गोल फर्काए।

जितपछि सिटीको ३० खेलबाट ७४ अंक भएको छ। एक खेल कम खेलेको लिभरपुल ७० अंकका साथ दोस्रो स्थानमा छ।

उता तेस्रो स्थानको टोटनहम भने अग्रता लिएर पनि त्यसलाई जोगाउन नसक्दा साउथह्याम्पटनसँग २-१ ले पराजित भएको छ। २६औँ मिनेटमा ह्यारी केनले गोल गर्दै टोटनहमलाई पहिले अग्रता दिलाएका थिए।

७५औँ मिनेटसम्म लण्डन क्लबले अग्रता कायम राखेको थियो। तर त्यसपछि साउथह्याम्पटनले घरेलु मैदानमा कमब्याक गर्दै दुई गोल फर्कायो। ७६औँ मिनेटमा साउथह्याम्पटनका लागि यान भालेरीले बराबरी गोल फर्काए। ८१औँ मिनेटमा जेम्स वार्ड प्रोवसले गोल गर्दै साउथह्याम्पटनलाई जित दिलाए।

हारपछि टोटनहम ३० खेलबाट ६१ अंकसहित तेस्रो स्थानमै छ। उता साउथह्याम्पटनलाई भने यो जितले राहत मिलेको छ र रेलिगेशन जोनबाट दुई स्थान माथि उक्लेको ५। ३० खेलबाट ३० अंक नै रहेको साउथह्याम्पटन १६औँ स्थानमा उक्लेको हो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell