PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

राष्ट्रपति आज न्युयोर्क जाँदै, 'शक्तिमा नारी' विषयको बैठकमा सम्बोधन गर्ने



पहिलोपोस्ट

राष्ट्रपति आज न्युयोर्क जाँदै, 'शक्तिमा नारी' विषयको बैठकमा सम्बोधन गर्ने

काठमाडौँः राष्ट्रपति विद्यादेवी भण्डारी आज न्युयोर्क प्रस्थान गर्दैछिन्।  महिलाको स्थितिसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय आयोग (सिएसडब्ल्यु) को ६३औँ बैठकमा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भण्डारी न्युयोर्क जान लागेकी हुन्।

लैङ्गिक समानता तथा महिला सशक्तीकरण प्रवर्द्धनमा केन्द्रित अन्तर्राष्ट्रियस्तरको प्रमुख अन्तरसरकारी उक्त निकायको ‘शक्तिमा नारी’ विषयक उच्चस्तरीय बैठकलाई राष्ट्रपतिले सम्बोधन गर्ने कार्यक्रम छ।

राष्ट्रपति राष्ट्रसंघस्थित नेपालको स्थायी नियोगमा पनि जाने कार्यक्रम छ।

प्रतिनिधिमण्डलमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापा, प्रतिनिधिसभा महिला तथा बालबालिका समिति सभापति निरुदेवी पाल, परराष्ट्रसचिव शंकरदास बैरागी, राष्ट्रपति कार्यालयका सचिव विनोद केसी, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सहसचिव लगायत सरकारी र गैरसरकारी क्षेत्रका २४ जना सदस्य छन्। मन्त्री थापा भने शनिबार नै न्युयोर्क प्रस्थान गरिसकेकी छन्।

चैत १ गते राष्ट्रपति स्वदेश फर्कने कार्यक्रम छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell