PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

अस्पतालमा भर्ना भएका ११ नवजात शिशुको मृत्युपछि ट्युनिसियाका स्वास्थ्यमन्त्रीले दिए राजीनामा



पहिलोपोस्ट

अस्पतालमा भर्ना भएका ११ नवजात शिशुको मृत्युपछि ट्युनिसियाका स्वास्थ्यमन्त्रीले दिए राजीनामा

अस्पतालमा भर्ना भएका ११ नवजात शिशुको मृत्यु भएपछि ट्युनिसियाका स्वास्थ्यमन्त्री एबडरोफ चेरिफले राजीनामा दिएका छन्। राजधानी ट्युनिसको एक अस्पतालमा ‘सेप्टिक सक’ का कारण शिशुहरूको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मार्च ७-८ को अवधिमा शिशुहरुको मृत्यु भएको जनाइएको छ। 

प्रधानमन्त्री युसुफ छेडले राज्यद्वारा सञ्चालित अस्पतालको सेवा, स्वच्छता लगायतका विषयमा केन्द्रित रहेर अनुसन्धान सुरु गरिएको जनाएका छन्।

मन्त्री चेरिफले भने नियुक्तिको चार महिनामै राजीनामा दिएका हुन्। ट्युनिसियाको स्वास्थ्य सेवा उत्तरी अफ्रिकामा उत्कृष्ट मानिन्छ।   



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell