PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

नक्कली पेस्तोल देखाएर प्रहरी हुँ भन्दै ठगी गर्ने पक्राउ



पहिलोपोस्ट

नक्कली पेस्तोल देखाएर प्रहरी हुँ भन्दै ठगी गर्ने पक्राउ

काठमाडौँ: ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ।

सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस डुडेझारीबाट खटिएको टोलीले शुक्रबार कैलालीको लम्कीचुहा नगरपालिका १ थपलीपुरबाट जुम्लाको हिमा गाउँपालिकाका २२ वर्षीय रोशन रोक्कालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

रोक्काले नेपाल प्रहरीको केन्द्रबाट खटिई आएको हुँ भन्दै स्थानीय तथा प्रहरीलाई झुक्याई रकम असुली गर्दै आएको अनुसन्धानमा खुलेको छ।

रोक्काका साथबाट दुई थान नक्कली पेस्तोल, मोबाइल दुई थान र नगद चार सय ८० रुपैयाँ समेत प्रहरीले बरामद गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell