PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

किस्ताकिस्तामा अवार्ड वितरण!



पहिलोपोस्ट

किस्ताकिस्तामा अवार्ड वितरण!

गएको जनवरी ५ तारिखमा अमेरिका, कोलोराडोस्थित डेनभर शहरमा 'ग्लोबल नेपाली फिल्म अवार्ड' सम्पन्न भएको थियो। अवार्ड समारोहमा अभिनेत्री नीता ढुङ्गानाले उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी थिइन्। दुई महिनाअघि नै उनले अवार्डसहितको फोटो फेसबुकमा राखेकी थिइन्। तर, उक्त अवार्ड कार्यक्रम भने अझै समापन भएको छैन।

कार्यक्रम आयोजकले ग्लोबल नेपाली फिल्म अवार्डको तेस्रो संस्करण आउँदो चैत दुई गते समापन गरिने जानकारी दिएको हो। विज्ञप्ती जारी गर्दै लेखिएको छ- अवार्डको समापन तथा विभिन्न कारणले अवार्ड कार्यक्रममा उपस्थित भइ अवार्ड लिन नसकेका चलचित्रकर्मीहरुलाई अवार्ड वितरण कार्यक्रम काठमाडौंमा।

‘नेपाली सिनेमा, भिलेज टु ग्लोब’ भन्ने नाराका साथ आयोजित अवार्ड कार्यक्रमबारे समीक्षात्मक सेसन पनि राख्ने आयोजक संस्था नेपाल फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्लले जानकारी दिए।

भने,'नेपाली चलचित्रकर्मीलाई सम्मान, पुरस्कार र प्रोत्साहनका साथै विशुद्ध नेपाली सिनेमाको बजार प्रवर्द्धन, कलाकार पुनर्मिलन र चलचित्र पर्यटन विकास यो अवार्डको उद्देश्य हो। त्यसैले प्राविधिक कारण छुटेकाहरुका लागि पुन: कार्यक्रम गर्न लागेका हौं।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell