PahiloPost

Jul 17, 2025 | २ साउन २०८२

च्यारिटीसहित नेपालमा ‘पुरानो बुलेट’को पहिलो शो



पहिलोपोस्ट

च्यारिटीसहित नेपालमा ‘पुरानो बुलेट’को पहिलो शो

फिल्म ‘पुरानो बुलेट’को च्यारिटी शो आयोजना गरियो। पथरीको कञ्चन चलचित्र मन्दिरमा गरिब तथा असहाय विद्यार्थीहरुको सहयोगार्थ उक्त शो भएको हो। पाँच सय दर्शकले फिल्म हेरे। शोपछिको अन्तरक्रियात्मक कार्यक्रममा फिल्ममा मुख्य कलाकार, निर्देशक र निर्माताले दर्शक प्रतिक्रिया तथा सुझाव लिए।

फिल्म चैत १ गतेबाट सार्वजनिक हुँदैछ। क्रेजी इन्टरटेनमेन्टको ब्यानरमा निर्मित फिल्मले पूर्वेली जनजीवनलाई दर्शाउँछ। सञ्चारकर्मी भीषण राईको डेब्यू निर्देशन रहेको फिल्म हो। जसको वर्ल्ड प्रिमियर हङकङमा भएको थियो।

फिल्ममा अनुप विक्रम शाही, वर्षा सिवाकोटी, माला लिम्बु, कृष्ण भक्त महर्जन, कविता आले, शिव मुखिया, भारत लिम्बु, शिरोमनी दवाडी, बादल श्रेष्ठ, करण धिताल, अशोक कुमार राई, टिका राम राई लगायत कलाकारहरुको अभिनय रहेको छ। कथा–पटकथा भने निर्देशक भिषण स्वयंको रहेको छ।

हरि घले लामाको छायांकन, उत्तम जंग लिम्बु र जयन जे. वाइवाको संगीत, राजेशपायल राई, मेलिना राई, जयन जे. वाइवा र उत्तम जंग लिम्बुको गायन रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell