PahiloPost

Jul 17, 2025 | २ साउन २०८२

दुबईमा गुञ्जदै नेपथ्य



पहिलोपोस्ट

दुबईमा गुञ्जदै नेपथ्य

संयुक्त अरब इमिरेट्सको प्रमुख सहर दुबईमा नेपथ्य फेरि प्रस्तुत हुने भएको छ। आउँदो मार्च १५ तारिख, शुक्रबार अल नासर लेजर ल्याण्डमा कन्सर्ट आयोजना हुन लागेको हो।

ब्याण्ड दुबईमा दोश्रोपटक गुञ्जन लागेको हो। यसअघि सन् २०१५ को मे महिनमा ‘राष्ट्रिय सन्तापको संगीत’का रुपमा प्रस्तुत भएको थियो। उक्त कन्सर्टबाट उठेको रकम ब्याण्डले प्रधानमन्त्री दैवीप्रकोप  उद्दार कोषमा जम्मा गरेको थियो।

‘आइस स्केटिङ खेलिने त्यसै मैदानमा प्रस्तुत हुनेगरि यसपटक हामी फेरि पुरै जोश र जाँगरका साथ दुबई आउँदैछौं,’ ब्याण्डका मुख्य गायक एवं अगुवा अमृत गुरुङ भन्छन्, ‘यसअघि कन्सर्ट गर्‍यौं रमाइलो गरेनौं। यसपटक श्रोता दर्शकलाई नचाउने रमाइला गीतहरु प्राथमिकतामा परेका छन्।’

 यसअघिको कन्सर्टमा झण्डै दुइ हजार दर्शकको उपस्थिती रहेको थियो। त्यही बेला गीत ‘कोशीको पानी यो जिन्दगानी’को म्यूजिक भिडियो छायांकन पनि भयो। उक्त म्युजिक भिडियोका नेपथ्यको आधिकारिक युट्युब च्यानलमा उपलब्ध छ।

दुबईमै बसोबास गर्दै आएका युवाहरुले कार्यक्रम आयोजना गरेका हुन्। जसका लागि टिकटदर स्थानीय मुद्रा अनुसार ५० र १०० दिराम राखिएको छ।

कार्यक्रममा सँधैजस्तै दुबईमा पनि अमृतलाई ड्रममा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाउने छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell