PahiloPost

Jul 17, 2025 | २ साउन २०८२

महिला भलिबल प्रतियोगितालाई केएनपी जापानको साथ



पहिलोपोस्ट

महिला भलिबल प्रतियोगितालाई केएनपी जापानको साथ

काठमाडौँ : शेरवहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा संचालन हुने राष्ट्रिय महिला भलिबल प्रतियोगितालाई केएनपी जापानले मुख्य प्रायोजन गरेको छ।

आइतबार केएनपी जापानका नेपाल प्रमुख मनोजकुमार मिश्र र प्रतिष्ठानकी संरक्षक आमा गमली खड्काबीच सम्झौता–पत्र आदान–प्रदान भएको हो।

सम्झौतापछि प्रतियोगिताको नाम पाँचौ केएनपी राष्ट्रिय महिला भलिबल हुनेछ।

जापानको नम्वर वान पेन्ट बहुराष्ट्रिय कम्पनी केएनपी जापानका नेपाल प्रमुख मिश्रले सम्भौता पछि समाजलाई एकतामा बाँध्ने खेलकुद क्षेत्रमा कम्पनी जोडिन पाउदा खुसी लागेको बताए। 'हामी प्रतियोगिताको गरिमालाई बढाउन कुनै कसर बाँकी राख्ने छैनौं।'

नेपालको राष्ट्रिय खेल भलिबल घोषणा भएदेखि नै लगातार तेश्रो पटक मुख्य प्रायोजन गर्न लागेको हो। केएनपी जापानले आपसी समझदारीमा नगद लगायत अन्य विविध क्षेत्रमा सहयोग गर्ने सम्झौतामा उल्लेख छ

 

विजेतालाई २ लाख

राष्ट्रिय खेलकुद परिषद्को सहयोग, नेपाल भलिबल संघको प्राविधिक सहयोगमा प्रतियोगिता २०७६ साल वैशाख १० देखि १३ गतेसम्म संचालन हुनेछ। जसमा साविक विजेता एपीएफ, होङगान्जी न्युडायमण्ड, नेपाल पुलिस, त्रिभुवन आर्मी, पश्चिमाञ्चल र जाउलाखेल भलिबल प्रशिक्षण केन्द्रले लिगकम नकआउटका आधारमा प्रतिस्पर्धा गर्नेछन्।

त्रिपुरेश्वरस्थित राखेपको कभर्डहल निर्माणधिन अवस्थामा भएकाले खेलस्थल भने आगमी पत्रकार सम्मेलनमा घोषणा गरिने आयोजकले जानकारी गराएको छ।

आयोजकले चौथो संस्करणमा भन्दा पाँचौ संस्करणमा पुरस्कार राशी वृद्धि गरिएको जनाएको छ। जसअनुसार विजेताले २ लाख, उपविजेताले १ लाख, तेस्रो हुनेले ५० हजार नगद प्राप्त गर्नेछन्।

यस्तै सर्वोकृष्ट खेलाडी र शेरवहादुर खड्का स्पेशल अवार्ड विजेताले १५-१५ हजार हात पार्नेछन् भने विधागत तर्फ उत्कृष्ट हुने स्पाईकर, सेटर, ब्लककर, डिफेन्स, क्विकर, सर्भर र कोचले ५ हजार नगद प्राप्त गर्नेछन्।

यस्तै प्रत्येक खेलको वुमन अफ द म्याचलाई नगद ५ हजार प्रदान गरिनेछ।

यस्तै प्रोत्सहन स्वरुप प्रतियोगिताको सर्वोकृष्ट खेलाडी र शेरवहादुर खड्का स्मृति स्पेशल अवार्ड विजेतालाई सुलक्स सेन्टरबाट ३०-३० हजार बराबरको टिसट घडी उपलब्ध गराउने आयोजकले जनाएको छ।

चार दिने प्रतियोगिताको अनुमानित बजेट २१ लाख रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell