PahiloPost

Jul 17, 2025 | २ साउन २०८२

विमान दुर्घटनामा मृत्यु हुने १५७ जनामा एक नेपाली पनि, इथियोपियन एयरलाइन्सले भन्यो- परिवारलाई खबर गरिसकेका छौँ



पहिलोपोस्ट

विमान दुर्घटनामा मृत्यु हुने १५७ जनामा एक नेपाली पनि, इथियोपियन एयरलाइन्सले भन्यो- परिवारलाई खबर गरिसकेका छौँ
इथियोपियन एयरका सिइओ दुर्घटनास्थलमा

काठमाडौँ : इथियोपियाको राजधानी अडिस अबाबाबाट केन्याको राजधानी नैरोबीका लागि उडेको इथियोपियन एयरलाइन्सको बोइङ ७३७-८ म्याक्स विमान दुर्घटना हुँदा मृत्यु हुने १ सय ५७ जनामा एक नेपाली पनि रहेको खुलेको छ। 

मृत्यु हुनेमा एक जना नेपाली समेत रहेको केन्याको केटीएन केन्या टिभीले जनाएको छ। मृतकको नाम भने खुलाइएको छैन।

ट्वीट गर्दै केटीएन केन्याले विमानमा सवार यात्रुहरुको देशको नाम सार्वजनिक गरेको हो। विमानमा सबैभन्दा धेरै केन्याका नागरिक रहेको जनाइएको छ।

List of the nationalities aboard the ill fated #ET302. Kenya had the highest number of passengers #ET302#EthiopianAirlines pic.twitter.com/DKILY5RFFZ

— ktn (@KTNKenya) March 10, 2019

त्यसैगरी इथियोपियन एयरलाइन्सले पनि एक जना नेपाली परेको जनाएको छ।

Accident Bulletin no. 3
Issued on March 10, 2019 at 4:59 PM pic.twitter.com/5UOxsbl24f

— Ethiopian Airlines (@flyethiopian) March 10, 2019

इथियोपियन एयरलाइन्सको बोइङ ७३७ विमानमा चालक दलका ८ सदस्य र १४९ जना यात्रु सवार थिए।

विमानमा ३५ देशका नागरिकहरु रहेको एयरलाइन्सले जनाएको छ।

मृत्यु हुनेहरुको राष्ट्रियता खुलाइए पनि नाम भने खुलाइएको छैन। इथियोपियन एयरलाइन्सले मृतकका आफन्तहरुलाई दुर्घटनाबारे जानकारी गराइसकेको बताएको छ। 

दुर्घटनामा ज्यान गुमाउनेहरुको शव पहिचानका लागि फरेन्सिक इन्भेस्टिगेसन गरिने र पहिचान भइसकेपछि शव परिवारलाई बुझाइने एयरलाइन्सले जनाएको छ। 

'चालकले समस्या भयो भनेका थिए'

इथियोपियन मिडियामा आएको समाचार अनुसार विमानका चालक यारेड गेटाच्युले बोले अन्तर्राष्ट्रिय विमानस्थलको एटिसीलाई विमानमा समस्या रहेको जानकारी गराएका थिए। चालकले विमान फर्काएर अवतरण गराउन अनुमति मागेपछि एटिसीले क्लियरेन्स दिएको केही समयमा नै विमान राडारको सम्पर्कबाट बाहिर भएको थियो। 

दुर्घटना भएको विमान बोइङको नयाँ मोडलको विमान रहेको र चार महिनाअघि मात्रै डेलिभरी दिएको थियो। यो विमान अहिलेसम्म १२ सय घण्टामात्रै उडेको थियो। यही मोडलको लायन एयर विमान पाँच महिनाअघि अक्टोबरमा इन्डोनेसियामा दुर्घटना हुँदा १ सय ८९ जनाको मृत्यु भएको थियो। 

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell