PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

प्रिमियर लिग : युनाइटेडलाई हराउँदै आर्सनल चौथो स्थानमा



पहिलोपोस्ट

प्रिमियर लिग : युनाइटेडलाई हराउँदै आर्सनल चौथो स्थानमा

प्रिमियर लिग अन्तर्गत आइतबार भएको खेलमा आर्सनलले म्यानचेष्टर युनाइटेडलाई २-० ले पराजित गरेको छ।

जितपछि आर्सनल युनाइटेडलाई नै पछि पार्दै अंकतालिकामा चौथो स्थानमा उक्लेको छ।

घरेलु मैदान एमिरेट्समा १२औँ मिनेटमा ग्रान्ट जाकाले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए। ६९औँ मिनेटमा पिएरे एमरिक ओवामेयाङले पेनाल्टीबाट गोल गरेपछि आर्सनलले लिगमा युनाइटेडको १२ खेलको अपराजित यात्रा समेत टुङ्यायो।

कार्यवाहक व्यवस्थापक ओले गनरले डिसेम्वरमा प्रशिक्षण सम्हालेपछि युनाइटेडले लिगमा बेहोरेको यो पहिलो हार हो।

युनाइटेड विरुद्ध जितपछि आर्सनलले ३० खेलबाट ६० अंक जोडेको छ।

समान खेलबाट ५८ अंक रहेको युनाइटेड पाँचौ स्थानमा झरेको छ भने एक खेल कम खेलेको चेल्सी ५७ अंकका साथ छैठौँ स्थानमा छ। ३० खेल नै खेलेको टोटनहम ६१ अंकका साथ तेस्रो स्थानमा छ।

७४ अंक जोडेको म्यानचेष्टर सिटी पहिलो र ७३ अंकसहित लिभरपुल दोस्रो स्थानमा छ।

 

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell