PahiloPost

Dec 30, 2025 | १५ पुष २०८२

श्रीमतीको हत्या गर्ने श्रीमानलाई जन्मकैद सजाय



पहिलोपोस्ट

श्रीमतीको हत्या गर्ने श्रीमानलाई जन्मकैद सजाय

दुल्लुः दैलेखको नौमूले गाउँपालिका–७ पैतिका ५४ वर्षीय दलबहादुर बस्नेतलाई जिल्ला अदालतले जन्मकैद फैसला सुनाएको छ।

श्रीमतीको हत्या गरेको अभियोगमा बस्नेतलाई जन्मकैदको फैसला गरिएको दैलेख जिल्ला अदालतका प्रवक्ता विनोद आचार्यले जानकारी दिए।

जिल्ला न्यायाधीश सनतचन्द्र लवटको एकल इजलासले उक्त फैसला गरेको हो। विसं २०७४ साउन २ गते कान्छी श्रीमती हरिकला बस्नेतलाई कुटपिट गरेर हत्या गरी बार्दलीमा झुण्ड्याइएको थियो। अदालतले सो घटनामा दलबहादुरकी जेठी श्रीमती रामसराको सङ्लग्नता नपाइएको भन्दै सफाइ दिएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell