PahiloPost

Jul 17, 2025 | २ साउन २०८२

ला लिगा : बेन्जामाको दुई गोलमा रियल मड्रिडको पुनरागमन जित



पहिलोपोस्ट

ला लिगा : बेन्जामाको दुई गोलमा रियल मड्रिडको पुनरागमन जित

करिब बेन्जामाले दुई गोल गरेपछि रियल मड्रिडले स्पानिस ला लिगामा रियल भाल्लाडोलिड विरुद्ध पुनरागमन जित हात पारेको छ। गएराती भएको खेलमा दश खेलाडीमा झरेको रियलले भाल्लाडोलिडलाई ४-२ ले पराजित गरेको हो।

२९औँ मिनेटमा अनुअरले गोल गर्दै घरेलु मैदानमा भाल्लाडोलिडलाई पहिले अग्रता दिलाएका थिए। तर त्यसको पाँच मिनेटपछिनै राफेल भरानले रियलका लागि बराबरी गोल फर्काए।

पहिलो हाफ बराबरीमा सकिएपनि रियले दोस्रो हाफमा ३ गोल गर्‍यो। बेन्जामाले ५१औँ मिनेटमा पेनाल्टीमा गोल गर्दै रियललाई अग्रता दिलाए भने ५९औँ मिनेटमा दोस्रो गोल गरेपछि रियलले ३-१ को अग्रता बनायो।

८०औँ मिनेटमा कासेमिरो रातो कार्ड खाँदै मैदान बाहिरिएपछि रियल दश खेलाडीमा झरेको थियो तर ८५औँ मिनेटमा लुका मोडरिचले गोल गरेपछि रियलले सहजै ३ अंक जोडेको हो।

जितपछि रियलले २७ खेलबाट ५१ अंक जोड्दै चौथो स्थानको गेटाफेमाथि ६ अंकको अग्रता कायम गरेको छ।

समान खेलबाट ६३ अंकका साथ बार्सिलोना शीर्ष स्थानमा छ भने एट्लेटिको ५६ अंकका साथ दोस्रोमा छ।

ला लिगाकै अन्य खेलमा सेभिया, भ्यालेन्सिया, रियल बेटिस र भियारियाल विजयी भएका छन्। विसन वेन येडरको ह्याट्रिक मद्दतमा सेभियाले रियल सोसिडाडलाई ५-२ ले पराजित गरेको छ।

यस्तै भ्यालेन्सियाले जिरोनालाई ३-२ र रियल बेटिसले सेल्टाभिगोलाई १-० ले हरायो।

अंक तालिका



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell