PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

पोखरामा अन्तर्राष्ट्रिय स्तरको रंगशाला शिलन्यास गर्दै खेलकुद मन्त्रीले भने, खेल पर्यटनमार्फत आर्थिक समृद्धि



रासस

पोखरामा अन्तर्राष्ट्रिय स्तरको रंगशाला शिलन्यास गर्दै खेलकुद मन्त्रीले भने, खेल पर्यटनमार्फत आर्थिक समृद्धि

कास्की : युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले खेलकूदका पूर्वाधारको निर्माण गरी पोखरामा खेल पर्यटनको विकास गरिने बताएका छन्।

पोखरा रङ्गशालामा अन्तर्राष्ट्रियस्तरको फूटबल प्याराफिट (स्टेडियम) को शिलान्यास गर्दै उनले काठमाडौँ पछिको दोस्रो शहर पोखरामा खेल पर्यटनको माध्यमबाट आर्थिक समृद्धि हासिल गरिने बताए। अन्तर्राष्ट्रिय मापदण्डअनुसारका खेल पूर्वाधार निर्माण गर्ने योजना सरकारको रहेको उल्लेख गर्दै उनले रङ्गशाला निर्माणका लागि निर्माण कम्पनीलाई उपयुक्त वातावरण बनाइने स्पष्ट पारे।

उनले संसारमा खेलिने सबै खेल सञ्चालनका लागि प्राकृतिक रुपमा गण्डकी प्रदेशसमा सम्भावना रहेको भनाइ राखे।

राष्ट्रिय खेलकूद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले खेलकूद मन्त्रालय र राखेपले पोखरालाई ‘स्पोर्टस् टुरिजम सिटी’का रुपमा विकास गर्न प्रस्ताव तयार पारिरहेको जानकारी गराउँदै सो प्रस्ताव पोखरा महानगरलाई हस्तान्तरण गरिने बताए।

प्रदेशसभा सदस्य राजीव पहारीले नेपालमा पूर्वाधार निर्माणमा ढिलासुस्ती हुने गरेको उल्लेख गर्दै फुटबल स्टेडियम तोकिएकै समयभित्र सम्पन्न गर्नुपर्नेमा जोड दिए। निर्माण कम्पनीका प्रतिनिधि अनुप आचार्यले गुणस्तरीय निर्माणसहित नमूना हुने गरी निर्धारित समयमै सम्पन्न गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरे। पश्चिमाञ्चल खेलकूद विकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठले स्टेडियमको काम सकिएपछि पोखरामा राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतियोगिताको ढोका खुल्ने बताए।

करीब १८ हजार ५०० दर्शक क्षमताको फूटबल स्टेडियमको कूल लागत रु एक अर्व २८ करोड २२ लाख १८ हजार १७४ रहेको छ। स्टेडियम निर्माणका लागि गत पुस मसान्तमा राष्ट्रिय खेलकूद परिषद् र एमए कन्स्ट्रक्सन तथा भारतीय ग्रेट स्र्पोट्स इन्फ्रा (जेभी) बीच सम्झौता भएको थियो। सो स्टेडियम आगामी असार मसान्तभित्रमा निर्माण गरिसक्ने सम्झौतामा उल्लेख छ। फ्रान्समा निर्मित सामग्रीको प्रयोग गरेर प्याराफिट निर्माण गरिनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell