PahiloPost

Jul 17, 2025 | २ साउन २०८२

'जाइरा'को प्रदर्शन तय



पहिलोपोस्ट

'जाइरा'को प्रदर्शन तय

काठमाडौं: अभिनेत्री नम्रता श्रेष्ठको मुख्य भूमिका रहेको फिल्म ‘जाइरा’को प्रदर्शन मिति सार्वजनिक भएको छ। निर्माण टिमले २०७६ को भदौ ६ लाई फिल्मको प्रदर्शन टार्गेट राखेको हो।

फिल्ममा अभिनेत्री नम्रता मिक्स मार्शल आर्ट खेलाडीको भूमिकामा देखिँदैछिन्। फिल्ममा नम्रतासँगै अनुप बिक्रम शाही, प्रमोद अग्रहरी, रेमन दास श्रेष्ठ सहित नव-कलाकारहरु श्रृजना रेग्मी, सुजता श्रेष्ठ र सम्राटलगायतको अभिनय छ।

नम्रताले फिल्मका लागि कपाल छोट्याउनुका साथै आफ्नो तौलसमेत घटाएको दावी गर्छिन्। एक्सन विधामा बनेको फिल्मलाई आशुतोषराज श्रेष्ठले निर्देशन गरेका हुन्।

फिल्ममा निर्देशक श्रेष्ठ र निरोज महर्जनको पटकथा छ। फिल्मको सम्पादन लोकेश बज्राचार्यले गरेका छन्। फिल्ममा कल्याण सिंह, डिजे राजु र टम्ब्लीविडको संगीत, सम्राट बस्नेतको द्वन्द्व निर्देशन,केशव थापाको नृत्य निर्देशन छ।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell