
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीले ताप्लेजुङबाट सुरु गरेको मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा चैत १ गते समापन हुने भएको छ। काठमाडौंको भृकुटीमण्डपमा कलश यात्रा र आमसभासहित यात्राको समापन गरिने राप्रपा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए। चैत १ गते १२:१५ बजे कलश यात्रासहित कार्यक्रम समापन हुनेछ।
हिन्दु राष्ट्र हुनुपर्ने लगायतका मुद्दा उठाउँदै पार्टी अध्यक्ष कमल थापाको नेतृत्वमा फागुन १५ गतेदेखि स्वाभिमान यात्रा सुरु भएको थियो।