PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

५० रुपैयाँको नोट फ्रान्सेली कम्पनीलाई छाप्न दिए लगत्तै १०० को नोट छाप्न बेलायती कम्पनीलाई जिम्मा



पहिलोपोस्ट

५० रुपैयाँको नोट फ्रान्सेली कम्पनीलाई छाप्न दिए लगत्तै १०० को नोट छाप्न बेलायती कम्पनीलाई जिम्मा

काठमाडौ : अघिल्लो साता ५० रुपैयाँ दरका नयाँ नोट छाप्ने जिम्मा लगाएको नेपाल राष्ट्र बैंकले सोमबार १०० दरका नयाँ नोट छाफ्ने जिम्मा बेलायतको एक कम्पनीलाई दिएको छ।

राष्ट्र बैंकले ५० रुपैयाँ दरका २३ करोड थान नयाँ नोट छाप्ने जिम्मा फ्रान्सको कम्पनीलाई गत सातामात्रै दिएको थियो।

सोमबार बेलायतको डे ला रुफ इन्टरनेशनल कम्पनीलाई १००  दरका नयाँ नोट छाप्ने जिम्मा दिएको छ। १०० दरका ४० करोड थान नयाँ नोट कम्पनीले छाप्ने छ। 

यी नोटहरु ७/८ महिनाभित्र छापिएर नेपाल आइपुग्छन्। ४० करोड थानमध्ये केही दसैंसम्ममा आइपुग्ने छन्।

नयाँ नोटको डिजाइन परिवर्तन गरिएको छैन। नयाँ नोट छाप्ने जिम्मा पाएको कम्पनीले ८० लाख ७२ हजार पाउण्डमा कामको जिम्मा  लिएको छ। 

'हामी एक पटकमा न्यूनतम तीन बर्ष तीन महिनाका लागि पुग्ने गरी नोट छाप्छौं' राष्ट्र बैंक मुद्रा ब्यवस्थापन विभागका कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाले भने, 'यो नियमित काम हो।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell