PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

पिएसएल : अन्तिम खेलमा सन्दीप 'विकेटलेस'



पहिलोपोस्ट

पिएसएल : अन्तिम खेलमा सन्दीप 'विकेटलेस'

काठमाडौँ : नेपाली क्रिकेटर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग पिएसएलको अन्तिम खेलमा विकेटलेस बनेका छन्।

लाहोर कलन्दर्सबाट यस सिजनको पिएसएल खेलेका सन्दीपले सोमबार मुल्तान सुल्तान विरुद्धको खेलमा विकेट लिन नसकेका छन्।

सन्दीपले मुल्तान विरुद्ध २.३ ओभर मात्र बलिङ गरेका थिए। तर महाँ बनेका सन्दीपले २८ रन खर्चिए।

१५ बल बलिङ गर्दा ५ बल डट फाले पनि २ चौका र २ छक्का खर्चिएपछि सन्दीप महाँगा बने।

यसअघि नै प्लेअफबाट बाहिरिसकेको लाहोर अन्तिम खेलमा मुल्तानसँग ७ विकेटले पराजित भएको छ।

सातौँ हारपछि यस सिजन पनि लाहोरले अन्तिम स्थानमा रहेर लिग सकाएको छ।

लाहोरले टस हारेर पहिले ब्याटिङ गर्दै ८ विकेट गुमाएर १४० रन बनाएको थियो। सन्दीपले ब्याटिङ गर्ने अवसर भने पाएनन्।

१४१ रनको लक्ष्य मुल्तानले १२.३ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको हो।

पिएसएलमा पहिलोव पटक खेलेका नेपाली युवा लेगस्पिनर सन्दीप लामिछानेको लागि यो सिजन मिश्रित रह्यो। सुरुको ३ खेल खेल्न नपाएका उनले ४ खेलमा विकेट लिँदा २ खेलमा विकेटविहिन बने।

सन्दीपले ७ खेलबाट कूल ११ विकेट लिए।

क्वेट्टा ग्लाडिएटर्स विरुद्ध सन्दीपले करियरकै उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा १० रन मात्र खर्चेर ४ विकेट लिएका थिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell