PahiloPost

Jul 17, 2025 | २ साउन २०८२

सन्दीप लामिछाने मंगलवार स्वदेश फर्कने



पहिलोपोस्ट

सन्दीप लामिछाने मंगलवार स्वदेश फर्कने

काठमाडौँ : एक महिना भन्दा बढी समय विदेशमा क्रिकेट खेलेपछि नेपाली युवा लेग पिनर सन्दीप लामिछाने भोली नेपाल फर्कँदैछन्।

पछिल्लो पटक सन्दीपले खेलेको प्रतियोगिता हो, पाकिस्तान सुपर लिग (पिएसएल)। युएई र पाकिस्तानमा भएको यो लिगमा लाहोर कलन्दर्सका लागि खेलेका सन्दीप लिग चरणका खेल सकिएपछि मंगलवार नेपाल आउन लागेका हुन्।

सन्दीप दिउँसो ३ बजेर ३५ मिनेटमा कतार एयरवेजबाट त्रिभुवन विमानस्थलमा ओर्लने नेपाली राष्ट्रिय टिमका व्यवस्थापक र टेक्निकल एनालिस्ट समेत रहेका रमन सिवाकोटीले जनाएका छन्।

६ टोली सहभागि पिएसएलमा लाहोरले १० मध्ये ३ खेल मात्र जितेपछि अन्तिम स्थान लिग सकाएको थियो। सुरुको तीन खेल खेल्न नपाएका सन्दीपले पिएसएलमा कल्न्दर्सका लागि ७ खेल खेल्दै ११ विकेट लिएका थिए। जसमा क्वेट्टा ग्लाडिएटर्स विरुद्ध ४ ओभरमा १० रन खर्चेर ४ विकेट लिएका थिए।

गत जनवरी अन्तिममा नेपालको राष्ट्रिय टोलीसँग ओडिआई र टी २० अन्तर्राष्ट्रिय सिरिज खेल्न युएई गएका सन्दीपले त्यसपछि अष्ट्रेलियामा बिग बास लिग पनि खेले। बिग बास पछि सन्दीप पिएसएल खेल्न सिधै युएई पुगेका थिए। पिएसएलको पाकिस्तान लेग खेल्न कराँची पुगेका सन्दीपले त्यहाँ दुई खेल खेले।

गत सिजन इन्डियन प्रिमियर लिग (आइपीएल) मा दिल्ली डेयर डेभिल्सबाट खेलेपछि सन्दीप विश्वरभर चर्चित बनेका थिए। त्यसपछि उनले अष्ट्रेलिया, बंगलादेश, पाकिस्तान, वेष्ट इन्डिज सबै देशको लिग खेले।

आइपीएल २०१९ का लागि सन्दीपले दिल्लीले रिटेन गरेको छ र उनी यही मार्च २३ बाट सुरु हुने नयाा सिजनको आइपीएल खेल्ने चाँडै दिल्ली जानेछन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell