PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

साफ च्याम्पियनसिप सुरु हुनु अघिल्लो दिन नेपाली महिला टोली नगदसहित सम्मानित



पहिलोपोस्ट

साफ च्याम्पियनसिप सुरु हुनु अघिल्लो दिन नेपाली महिला टोली नगदसहित सम्मानित

विराटनगर : अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाली महिला राष्ट्रिय फुटबल टोलीलाई नगदसहित सम्मान गरेको छ।

विराटनगरमा पाँचौ साफ सुरु हुनुअघि एन्फाले सोमवार महिला टिमका प्रत्येक खेलाडीलाई ५०-५० हजार प्रदान गरेको हो।

म्यानमारमा भएको ओलम्पिक छनोटको पहिलो चरणमा उत्कृष्ट प्रदर्शन गर्दै दोस्रो चरण पुगेको र भारतमा हिरो गोल्डकपमा उपविजेता बनेको नेपाली टोलीलाई घरेलु भूमिमा साफ सुरु हुनु अघिल्लो दिन एन्फाले सम्मान गरेको हो।

विराटनगर महानगरपालिकाको मेयर भिम पराजुली र एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पालगायत पदाधिकारीले खेलाडी र अफिसियलहरुलाई चेक प्रदान गरेको हो।

पहिलो पटक नेपालमा हुन लागेको साफ महिला च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्य राखेको नेपालले मंगलवार भुटानसँग पहिलो खेल खेल्दै उपाधि यात्रा सुरु गर्नेछ।

नेपाल सुरुको तीन संस्करणमा उपविजेता बनेको थियो भने पछिल्लो पटक सेमिफाइनलबाटै बाहिरिएको थियो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell