PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

जिनेदिन जिदान फेरि रियल मड्रिडको प्रशिक्षकमा नियुक्त



पहिलोपोस्ट

जिनेदिन जिदान फेरि रियल मड्रिडको प्रशिक्षकमा नियुक्त

जिनेदिन जिदान करिब १० महिनापछि पुन: रियल मड्रिड फर्किएका छन्। रियललाई लगातार तेस्रो पटक युरोपियन च्याम्पियन्स लिगको उपाधि दिलाएपछि क्लब छाडेका जिदान फेरी रियलको प्रशिक्षककमा रुपमा स्पेन फर्केका हुन्।

एक वर्ष भन्दा कम समयमै रियलको प्रशिक्षककमा रुपमा नियुक्त भएपछि फ्रेन्च लेजेण्डेले घरमा फर्कँदा धेरै खुशी लागेको बताएका छन्।

जिदानले अब सान्टियागो सोलारीको स्थान लिनेछन्। युलेन लफवेटगुईलाई वर्खास्त गर्दै रियलले करिब ५ महिनाअघि सोलारीलाई प्रशिक्षक नियुक्त गरेको थियो। अहिले उनै सोलारीलाई बर्खास्त गर्दै स्पानिस जायन्टले जिदानलाई भित्र्याएको हो।

४६ वर्षीय जिदानले गत मे मा क्लब छाडेका थिए। फेरी रियलको प्रशिक्षक बनेका जिदानले ती वर्षको लागि वर्नवेउ क्लबमा बस्ने सम्झौता गरेको क्लबले जनाएको छ।

यस सिजन निकै खराब प्रदर्शन गरिरहेको रियल च्याम्पियन्स लिग र स्पानिस कोपा डेल रे बाट बाहिरिसेकको छ भने ला लिगामा तेस्रो स्थानमा छ र लिग लिडर बार्सिलोना भन्दा १२ अंकले पछि छ।

विश्वकै उत्कृष्ट म्यानेजरले फेरी क्लबमा फर्केको छ। रियलका प्रेसिडेन्ट फ्लोरेन्टिनो परेजेले भने। हाम्रो लक्ष्य फेरि एकबद्ध हुनु हो।

नयाँ प्रशिक्षक जिदानले रियल फर्कँदा एकदमै खुशी लागेको र क्लबलाई पुरानै लयमा फर्काउने चाहना रहेको बताएका छन्। 'यो क्लब जे हो म त्यही पुर्‍याउन चाहन्छु।'

यसअघि जिदान प्रशिक्षक हुँदा रियलले च्याम्पियन्स लिग ३ पटक, युइएफए सुपर कप र क्लब वर्ल्ड कप दुई-दुई पटक अनी ला लिगा र स्पानिस सुपर कप एक-एक पटक जितेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell