PahiloPost

Jul 17, 2025 | २ साउन २०८२

साफ महिला च्याम्पियनसिप : उद्घाटन खेलमा आज नेपाल र भुटान खेल्दै



पहिलोपोस्ट

साफ महिला च्याम्पियनसिप : उद्घाटन खेलमा आज नेपाल र भुटान खेल्दै

पाँचौ संस्करणको साफ महिला च्याम्पियनसिपमा नेपालले आज उद्घाटन खेलमा भुटानसँग खेल्दैछ।

दक्षिण एसियाली फुटबल महासंघ साफको कार्यक्रम अनुसार अखिल नेपाल फुटबल संघ एन्फाले पहिलो पटक नेपालममा साफ महिला च्याम्पियन आयोजना गरेको हो।

जसअन्तर्गत पहिलो खेलमा घरेलु टोली नेपालले भुटानसँग खेल्नेछ। समूह ए मा रहेको यी दुई टोलीबीचको खेल दिउँसो ३ बजे विराटनगरको शहिद रंगशालमा हुनेछ।

तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्दी भुटान विरुद्ध नेपाल सहज जित निकाल्ने अपेक्षामा हुनेछ।

नेपालले यसअघि तीन पटक फाइनल खेलिकसेको टिम हो। पछिल्लो पटक भने सेमिफाइनलबाटै बाहिरिएको थियो। तर चारै पटक नेपाल भारतसँग पराजित भएको हो। भारत बाहेक अन्य दक्षिण एसियाली टिमसँग नेपाल पराजित भएको छैन।

भुटानसँग नेपालल तेस्रो र चौथो सापमा समहू चरणमा खेलेको थियो। दुवै पटक नेपाल ८-० ले विजयी भएको थियो।

च्याम्पियनसिपको पूर्वसन्ध्यामा सोमवार भएको प्रिम्याच कन्फ्रेन्समा नेपाली टिमका प्रशिक्षक हरि खड्काले सबै अपोनेन्टलाई सम्मान गर्दै राम्रो खेल्ने बताएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell