PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

क्रिकेट रंगशाला निर्माणका लागि धुर्मुस सुन्तली फाउण्डेसनलाई साढे ६ लाख सहयोग



पहिलोपोस्ट

क्रिकेट रंगशाला निर्माणका लागि धुर्मुस सुन्तली फाउण्डेसनलाई साढे ६ लाख सहयोग

काठमाडौँः धुर्मुस सुन्तली फाउण्डेशनले चितवनको भरतपुरमा निर्माण गर्न लागेको बहुउद्देश्यीय ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माणका लागि लमजुङ आमा समूह युकेले ६ लाख ५५ हजार ८५० रुपैयाँ सहयोग गरेको छ। समूहकी अध्यक्ष जुना गुरुङले सहयोग रकम फाउण्डेसनलाई हस्तान्तरण गरिन्।

युकेमा गत सेप्टेम्बर ८ मा आयोजना गरिएको ‘दोस्रो रमाइलो साँझ’ बाट सङ्कलन भएको रकम आमा समूहले फाउण्डेशनलाई हस्तान्तरण गरेको हो। सहयोग हस्तान्तरण गर्दै संस्थाका अध्यक्ष गुरुङले फाउण्डेशनको कामबाट आफूहरू प्रभावित भएर सहयोग गरेको बताइन्।

देशकै गौरवको परियोजना आफूहरूले आँट गरिरहँदा प्राप्त हुने सहयोग र सकारात्मक प्रतिक्रियाले ठूलो हौसला मिलेको फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’ले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell