PahiloPost

Nov 6, 2025 | २१ कात्तिक २०८२

सल्यानमा ट्याक्टर दुर्घटना, दुई जनाको मृत्यु



पहिलोपोस्ट

सल्यानमा ट्याक्टर दुर्घटना, दुई जनाको मृत्यु

सल्यानः सल्यानमा ट्याक्टर दुर्घटना हुँदा दुईको मृत्यु भएको छ। शारदा नगरपालिका–२ श्रीनगरबाट लानीतबजार जाँदै गरेको रा१त ११५१ नंको ट्याक्टर सोमबार राति दुर्घटना भएको हो।

दुर्घटनामा परी चालक शारदा नगरपालिका–१२ चिसापानीका २४ वर्षीय कृष्ण डाँगी र शारदा नगरपालिका–१ चैबाङज्यूला निवासी १३ वर्षीय अमर बुढाथोकीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

दुर्घटनामा परी गम्भीर घाइते भएका दुवैलाई उपचारका लागि जिल्ला अस्पताल सल्यानमा ल्याइएकोमा गए राति नै मृत्यु भएको प्रहरीले जनाएको छ। ट्याक्टर सडकदेखि ३० मिटर तल शारदा नदीमा खसेको छ। दुर्घटनाको विषयमा भने थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell