PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

हुने भयो 'मिस हेरिटेज नेपाल २०१९'



पहिलोपोस्ट

हुने भयो 'मिस हेरिटेज नेपाल २०१९'

काठमाडौं:  जेनिथ ईन्टरटेनमेन्टले 'मिस हेरिटेज नेपाल २०१९' आयोजना गर्ने भएको छ। प्रतियोगिताका लागि आवेदन पनि खुल्ला गरिएको छ।

विद्यालयमा अध्ययनरत छात्राबीच यो प्रतियोगिता हुने आयोजकले जनाएको छ। प्रतियोगितामा सिनियर तथा जुनियरटिमबाट दुईजना विजेता छानिने छन्।

'जुनियर लिटल मिस हेरिटेज'का लागि ८ देखि १३ र 'सिनियर लिटल मिस हेरिटेज'का लागि १३ देखि १७ बर्षसम्मका छात्राहरुले आवेदन भर्न सक्ने बताइएको छ। प्रतियोगिताको पहिलो अडिसन यही चैत्र २३ गते काठमाडौंमा हुँदैछ।

मिस हेरिटेज नेपालका विजेताले अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगितामा सहभागी हुने अवसर पाउनेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell