PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

साफ महिला च्याम्पियनसिप : नेपाल र भुटानबीचको खेल यहाँ लाइभ हेर्नुस्



पहिलोपोस्ट

साफ महिला च्याम्पियनसिप : नेपाल र भुटानबीचको खेल यहाँ लाइभ हेर्नुस्

काठमाडौँ : पाँचौ संस्करणको साफ महिला च्याम्पियनसिप आजदेखि विराटनगरमा सुरु हुँदैछ।

च्याम्पियनसिपको उद्घाटन खेलमा घरेलु टोली नेपाल र भुटान भिड्दैछन्।

पहिलो पटक नेपालमा आयोजक भएको यस प्रतियोगितामा नेपालले उपाधि जित्ने लक्ष्य राखेको छ त्यसैले भुटान विरुद्धको खेल सहजै जित्ने अपेक्षा छ। नेपाली टिमका प्रशिक्षक हरि खड्काले अपोनेन्ट जस्तो भएपनि अपोनेन्टलाई सम्मान गरेर खेल्ने बताएका छन्।

साफ च्याम्पियनसिपको इतिहासमै सबैभन्दा कमजोर मानिएको टोली भुटानले अहिलेसम्म जित हात पार्न सकेको छैन।

नेपाले भने पहिलो देखि तेस्रो संस्करणसम्म लगातार उपविजेता बन्दा चौथो संस्करणमा सेमिफाइनलबाटै बाहिरिएको छ।

समूह ए मा रहेका नेपाल र भुटानबीचको खेल शहिद रंगशालमा दिउँसो ३ बजे सुरु हुनेछ। खेलको अनलाइन लाइ स्ट्रिमिङ माइकुजोबाट हेर्न सकिनेछ।

दक्षिण एसियाली फुटबल महासंघ साफको कार्यक्रम अनुसार अखिल नेपाल फुटबल संघ एन्फाले आयोजना गरेको साफ च्याम्पियनसिपको उद्घाटन नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्ने कार्यक्रम छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell